ऋचा र अलीको विवाहमा माेबाइल लिन मिल्ने !
काठमाडौँ – बलिउड अभिनेत्री ऋचा चढ्ढा प्रेमी अली फजलसँग अक्टोबर ४ मा विवाह बन्धनमा बाँधिने भएका छन् । लामो समयदेखि प्रेममा रहेका उनीहरूको यो जोडी वैवाहिक जीवनमा बाँधिँदै छन् । धेरै सेलिब्रेटीहरुले आफ्नो विवाहमा मोबाइल फोनको प्रयोगमा प्रतिबन्ध लगाइरहँदा उनीहरूले भने त्यसमा प्रतिबन्ध नलगाउने भएका छन् ।
दीपिका पादुकोण र रणवीर सिंह, अनुष्का शर्मा र विराट कोहली तथा प्रियंका चोपडा र निक जोनासको विवाहमा ‘नो फोन पोलिसी’ अपनाइरहँदा ऋचा र अलीको जोडीले भने विवाहमा आउने पाहुनालाई मोबाइलमा प्रतिबन्ध नलगाउने निर्णय लिएका हुन् । उनीहरू आफ्नो विवाहमा पाहुनाले चित्त बुझुन्जेल तस्बिर खिचुन् भन्ने चाहन्छन् ।
उनीहरूको प्रि वेडिङ सेरेमोनी नयाँदिल्लीमा हुँदैछ । नयाँदिल्लीको १ सय १० वर्ष पुरानो क्लबमा उनीहरूको विवाहको तीन दिनको कार्यक्रम हुनेछ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०४:०३
प्रतिक्रिया दिनुहोस्