Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोलुखुम्बुका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना

शुक्रबार, मंसिर ९, २०७९
सोलुखुम्बु– सोलुखुम्बुका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्लाको पत्ताले र जोरबौद्धमा प्रहरीले चाडपर्व लक्षित यात्रु सहायता कक्ष स्थापना गरेको हो । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका ७ जोरबौद्धमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनिल खनालले जिल्लामा भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि विशेष सुरक्षा योजना बनाइएको बताए। यात्रु सहायता कक्षमा यात्रुको गुनासो, सवारी साधन चेकजाँच, भाडा दर चेकजाँच, यातायात व्यवसायी परिचय खुल्ने कागजात बोके नबोकेको जाँचबुझ गरिने प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताए। सोलुदूधकुण्ड नगरपालिका–७ का वडाध्यक्ष सोनामग्याल्जेन शेर्पाले प्रहरी र स्थानीय बीचको समन्वयमा सम्भावित आपराधिक घटना न्यूनीकरण गर्न सकिने भन्दै यस कार्यमा प्रहरीलाई पूर्ण सहयोग गर्ने बताए । चाडपर्वमा यात्रा गर्दा आफू नठगिन यात्रु आफै सचेत हुन आवश्यक रहेको भन्दै यात्रुलाई ठगिनबाट जोगाउने दायित्व प्रहरीको मात्र नभई सबैको रहेको उहाँको भनाइ छ । पत्तालेमा एक थान सिसी टिभीबाट पनि प्रत्यक्ष निगरानी गरिने प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०७:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार