२५ वर्षमा कसरी भयो डलरको मूल्य दोब्बर (हेर्नुहोस् चार्टसहित)
काठमाडौँ – अमेरिकी डलरको भाउ विगत २५ वर्षमा दोब्बर भन्दा बढी बढेको छ । राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार आजको मूल्य अमेरिकी १ डलर बराबर नेपाली १ सय २९ रुपैयाँ २९ पैसा पुगेको छ । आज भन्दा २५ वर्ष पहिला सन १९९७को आजकै दिन अमेरिकी १ को खरिददर ५८ रुपैयाँ ५० पैसा थियो ।
राष्ट्र बैङ्कको अनलाइन पोर्टमा सन् १९९७ को मे १ तारिखदेखि विनिमय दर राखेको पाइएको छ । जुन दिनको मूल्य अनुसार अमेरिकी १ डलरको मूल्य ५६ रुपैयाँ कायम गरिएको छ ।
सन् १९९७ को सेप्टेम्बर २५ तारिखका दिन यूके पाउण्ड स्टर्लिङको मूल्य ९४ रुपैयाँ ४७ पैसा थियो भने आजको मितिमा १ सय ४३ रुपैयाँ ६५ पैसा पुगेको छ । पाउण्ड स्टर्लिङको मूल्य भने झण्डै ५० प्रतिशतलेमात्र बृद्धि भएको देखिन्छ ।
जापनिज यान १० को ४ रुपैयाँ ८७ पैसा कायम गरिएको थियो भने आज जापनिज ऐन १० को मूल्य ९ रुपैयाँ ०५ पैसा रहेको छ । यस्तै सिंगापुरे डलर १ को मूल्य १९९७ मा ३८ रुपैयाँ रहेको थियो भने आजको मूल्य ९० रुपैयाँ बढी रहेको छ ।
सन् १९९७ सेप्टेम्बर २५ काे विदेशी विनिमय दर
सन् २०२२ सेप्टेम्बर २५ काे विदेशी विनिमय दर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:५०
प्रतिक्रिया दिनुहोस्