सभामुख र उपसभामुखविरुद्ध परेको रिटमा कारण देखाउ आदेश
काठमाडौँ : सर्वोच्च अदालतले प्रतिनिधि सभाका सभामुख र उपसभामुखको पद खाली गराउन माग गर्दै परेको रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
न्यायाधीश हरि फुयालको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालविरुद्ध परेको रिटमा कारण देखाउ आदेश जारी गरेको हो।
अधिवक्ताहरू किशोर पौडेल, अनुपम भट्टराई र जगन्नाथ दुलाल, रेजीना पौड्यालले गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
प्रतिनिधि सभाका सदस्यको समयावधि असोज १ गते सकिएको रिट निवेदनमा भनिएको छ। प्रतिनिधिसभाको कार्यकाल सकिएपछि सभामुख र उपसभामुखको पद पनि रिक्त गराउन माग गरिएको छ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई विपक्षी बनाइएको थियो।
विपक्षीबाट लिखित जवाफ प्राप्त भएपछि रिटमा अग्राधिकार दिने आदेश जारी गरेको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०२
प्रतिक्रिया दिनुहोस्