नेभिगेशन
मनोरञ्जन

प्रेम गीत ३ ले दोस्रो दिनमा कति कमायो?

काठमाडौँ– प्रेम गीत ३ नेपाल र भारतसहित विश्वका अधिकांश देशमा प्रदर्शन भइरहेको छ । प्रेम गीत ३ ले दोस्रो दिन शनिबार विश्व बजारमा ६ करोड ३२ लाख बढी  कमाइ गरेको छ। यस्तै, भारतमा भने १ करोड ३२ लाख कमाएको छ । यस्तै, नेपालमा भने ३ करोड ३२ लाख कमाएको छ । यो चलचित्रले अहिलेसम्म समग्रमा १४ करोड भन्दा बढी कमाइ गरिसकेको छ । प्रेम गीत ३ ले पहिलो दिन ४.८४ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो। भारतीय ट्रेड विश्लेषक तरन आदर्शका अनुसार ‘प्रेम गीत ३’ ले प्रदर्शनको पहिलो दिन भारतीय बजारमा ९२ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ। यो फिल्मले अमेरिकामा २४.३८ लाख, क्यानडामा ३.१५ लाख, बेलायतमा १.३८ लाख, अष्ट्रेलियामा ३०.२७ लाख कमाइ गरेको थियो। फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिषा राउतलगायतको अभिनय रहेको छ। फिल्मलाई सन्तोष सेन र चेतन गुरुङले संयुक्त निर्देशन गरेका हुन्। शुक्रबारमात्र होइन, भारतका मल्टिप्लेक्सहरुमा प्रेम गीत ३ को टिकट शनिबार र आइतबारलाई समेत बिक्री भइसकेको समाचारमा उल्लेख छ। यो फिल्म भारतमात्रै ५०० स्क्रिनमा रिलिज गरिएको थियो भने भारतबाहेक ७०० स्क्रिनमा रिलिज गरिएको बलिउड हंगामाले जनाएको छ। नेपाली फिल्म पहिलो पटक भारतीय वितकरले हिन्दी डबसहित विश्वबजारमा प्रदर्शनमा ल्याएको हो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन