Nic Ad Nic Ad
Nic Ad Nic Ad

एकैदिनमा १,५०० जनामा डेंगु संक्रमण

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपालमा एकैदिनमा १ हजार ५०० भन्दाबढी संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगु पुष्टि भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म डेंगु संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार, लुम्बिनी प्रदेशमा २ हजार ८७२, सुदूरपश्चिममा ७७७, प्रदेश १ मा ७५३, गण्डकीमा ५३७, मधेशमा ३२३ र कर्णालीमा २३० जनामा डेंगु संक्रमण भएको मन्त्रालयले जनाएको छ । देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०२
प्रतिक्रिया दिनुहोस्