Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीमतीले नै गरिन् श्रीमानसँग उनको पूर्व प्रेमिकाको बिहे, अब तिनै जना सँगै बस्छन्

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – कुनै श्रीमतीले आफ्नो श्रीमान् अरू महिलासँग बसेको सहन सक्लिन् ? पक्कै सक्दिनन् । अझ अरू महिलासँग विवाह गरेको कुनै महिलाले सहन गर्दिनन् । त्यसमाथि आफ्नो श्रीमानको विवाह आफैले अर्की महिलासँग गराउने महिला त सायदै संसारमा कोही हुन्छन् । तर भारतमा भने एक श्रीमतीले आफ्नो श्रीमानको बिहे अर्की महिलासँग गराइदिएकी छिन्। भारतको आन्ध्र प्रदेशको तिरुपतिकी विमला नामक महिलाले आफ्नो श्रीमान् कल्याणको विवाह उनकी पूर्व प्रेमिका नित्याश्रीसँग गराइदिइन् । यति मात्र कहाँ हो र, श्रीमानको बिहे उनकी पूर्व प्रेमिकासँग गराएर तिनै जनासँगै बस्दै आएका छन् । उनीहरू तिनै जना एकै घरमा बस्छन् । कल्याण एक चर्चित यूट्यूबूर हुन् । विमला र कल्याणको भेट केही वर्ष पहिले भएको थियो र दुवै बिच सुरुमा मित्रता र पछि प्रेम भयो । त्यसपछि कल्याण र विमलाले एक अर्कासँग विवाह गरे। तर विवाहको केही समयपछि विमलाले कल्याणको व्यवहारमा परिवर्तन देखिन् । खासमा कल्याणको जीवनमा विशाखापट्नम निवासी नित्याश्री फेरी आइसकेकी थिइन् । केही वर्ष अघि मात्रै कल्याण र नित्याश्रीको ब्रेकअप भएको थियो र कल्याणले विमलासँग विवाह गरेका थिए । नित्याश्रीले कल्याणको विवाहको बारेमा थाहा पाएपछि उनको घर पुगेकी थिइन् । नित्याश्रीले विमलासँग उनको श्रीमान् कल्याणसँग आफू विवाह गर्न चाहेको भन्दै अनुमति मागिन् । नित्याश्रीले नै विमला र कल्याणसहित तिनै जना सँगै बस्ने तर कल्याण बिना बाच्न नसक्ने बताइन् । यस्तोमा विमलाले नित्याश्रीसँग आफ्नो श्रीमानको विवाह गराइदिइन् । यो समाचार अहिले विश्वभर चर्चामा छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्