Nic Ad Nic Ad
Nic Ad Nic Ad

डलरकाे मूल्य स्थिर, अन्य देशकाे विनिमय दर के छ ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १२९ रुपैयाँ २९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ०३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ३० पैसा र बिक्रीदर ३५ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०६ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ३६ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०४:२४
प्रतिक्रिया दिनुहोस्