Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरेलु औषधी मुला

शुक्रबार, मंसिर ९, २०७९
— दुई/तीन चम्चा मूलाको रसलाई तातोपानीमा मिलाएर दिनको २÷३ पटक पिउनाले पेट ढुस्स भएर फुल्ने र शूल रोग नष्ट हुन्छ । – ३/४ चम्चा मूलाको रसमा एक चम्चा शुद्ध मह मिलाएर बिहान बेलुका खाने गरेमा दम रोगमा फाइदा गर्छ । – मूलाको बिउँलाई कुट पिस गरी महमा मिलाई उक्त मिश्रणलाई लेप बनाई रोगग्रस्त भागमा लगाउनाले वाथरोग नाश हुन्छ वा मूलालाई मसिनो हुने गरी पिसेर त्यसमा बराबर भाग तिलको तेल मिलाएर बेस्सरी फिट्ने । र त्यसपछि उक्त घोललाई तताएर दबेको नशामा राम्ररी मालिस गर्नाले नशा फुलेर बाहिर उत्रन्छ र नशाले राम्रो काम गर्छ थाल्दछ । मूलाको पहेँलो पातलाई आगोमा तताएर त्यसलाई निचरी कानमा राख्नाले कान पाकेको बिसेक हुन्छ । – २०–२५ ग्राम पुरानो सख्खरमा २–४ चम्चा मूलाको बीउको धुलो मिलाइ एक माना पानीमा पकाउने र आधा बाँकी रहेपछि थोरै थोरै गरी दिनको ३ पटक केही दिनसम्म सेवन गर्नाले मासिक धर्म खुल्दछ । – ५० ग्राम मूलाको पहेँलो पातको रसलाई ५० ग्राम तिल वा तोरीको तेललाई मिलाई हल्का आगो लगाएर बिस्तारै पकाउने र तेल मात्र बाँकी भएपछि त्यसलाई छानेर सिसीमा हावा नपस्ने गरी राख्ने । सो तेललाई ३–४ थोपाको दरले मनतातो पारी दिनमा २–३ पटक कानमा राख्नाले केही दिनमै बहिरोपन नष्ट भई श्रवण शक्ति फर्कन्छ ।   साभार : ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:४८
प्रतिक्रिया दिनुहोस्