Nic Ad Nic Ad
Nic Ad Nic Ad

दसैँको पहिलो दिन भद्रकालीमा भक्तजनको घुइँचो (फोटो फिचर)

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – नेपालीको घरघरमा दसैँ सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदादेखि शक्तिकी स्वरूप देवीको पूजाआजा गरी दसैँलाई १० दिनसम्म मनाइन्छ । आज पहिलो दिन घटस्थापना । यस दिन शैलपुत्री देवीको पूजा आराधना गरिन्छ । यस दसैँ घर वा पूजा कोठामा मकै, गहुँ, जौ आदि अन्नको बीज छरेर घटस्थापना गरिन्छ ।   काठमाडौँ र देश बाहिरका विभिन्न शक्ति पीठहरुमा दशनार्थीको बाक्लो उपस्थिति देखिन्छ । काठमाडौँको भद्रकाली मन्दिरमा बिहानैदेखि पूजा गर्नेको घुइँचो छ । नौ दिनसम्म पूजा गरिने देवीमध्ये पहिलो दिन भद्रकालीको पूजा गरेका हुन् ।   पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  ११:२२
प्रतिक्रिया दिनुहोस्