Nic Ad Nic Ad
Nic Ad Nic Ad

दशैँघरमा राखियो जमरा (हेर्नुस तस्वीरमा)

शुक्रबार, मंसिर ९, २०७९
बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि जौ (यव) रोप्ने गरिन्छ । यसलाई जमरा राख्ने पनि भनिन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । घटस्थापनादेखि विजया दशमीसम्मको अवधिलाई नवरात्र पनि भनिन्छ । यस अवसरमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । आजै घटस्थापनाका दिन काठमाडौंको वसन्तपुरस्थित दशैंघरमा पूजाआजा गरी जमरा राखिएको छ । नेपाली सेनाको टोलीले मंगल धुन बजाएर बढाईं गरेसँगै आइतबार बिहान १०ः २३ को शुभसाइतमा जमरा राखिएको हो ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार