Nic Ad Nic Ad
Nic Ad Nic Ad

मनास्लुमा मृत्यु हुनेको पहिचान खुल्यो

शुक्रबार, मंसिर ९, २०७९
गोरखा– मनास्लु हिमालको तेस्रो आधार शिविर नजिक गएको हिउँ पहिरोका कारण मृत्यु हुनेको पहिचान खुलेको छ । सोलुखुम्बु जिल्ला मकालु गाउँपालिका घर भएका अनुप राइको मृत्यु भएको घटनास्थलबाट स्थानीय ओम गुरुङले बताए । उनी सतोरी एडभेन्चरबाट मनास्लुको गाइडमा आएका थिए । यसै गरी समिटमा पुगेका एक जना विदेशी नागरिक चिप्लिएर बेपत्ता भएको मनास्लु बेसक्याम्प ४ मा रहेका गुरुङले जानकारी दिएका छन् । कुन कुन देशका नागरिक हुन र कुन ट्राभलबाट आए भन्ने कुरा आफूलाई जानकारी नभएको उनले बताए । राम्रोसँग डोरी नबाँधीकन स्कीपिङ गरेका कारण उनी हिउँमा चिप्लिएर बेपत्ता भएको उनले बताए । हिउँ पहिरोमा परेका पाँच जनाको अवस्था जटिल रहेको छ । यतिबेला आकाशमा हेलिकप्टर घुमिरहेका छन् तर ल्यान्ड गर्न सकिरहेको छैन, उनले भने । क्याम्प ३ र क्याम्प ४ को बिचमा हिउँ पहिरो गएको थियो । २८ तारिखका दिन ४०० जना एक साथ मनास्लुको शिखरमा पुग्ने लक्ष्यसहित विभिन्न ट्राभल एजेन्सीबाट पर्यटकहरू मनास्लुको यात्रामा गएका थिए । केही पर्यटकहरू माथि गइरहेका छन् । मौसम भने निक्कै खराब देखिएको उनले बताए । यहाँ घाइते हुनेहरूको सङ्ख्या १६ रहेको छ । उनीहरूलाई उद्धारको लागि हेलिकप्टरले प्रयास गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४१
प्रतिक्रिया दिनुहोस्