Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्वाचन बहिष्कार घोषणा गरेका चार दलले सार्वजनिक गरे संघर्षका कार्यक्रम

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– आसन्न निर्वाचन बहिष्कार घोषणा गरेर चार वामपन्थी राजनीतिक दलले संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । निर्वाचन बहिष्कार घोषणा गरेका नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत, नेकपा मसाल र माओवादी कम्युनिष्ट पार्टी नेपालले सोमबार संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन् । महंगी, बेरोजगारी, उपभोग्य वस्तुको अभाव, भ्रष्टाचार, कोभिड, डेंगुलगायतका रोगव्याधि झेलिरहेका नेपाली जनतामाथि थोपरिएको निर्वाचन बहिष्कार गरेका बताएका उनीहरूले विरोध र संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । असोज २३ गते चितवन, असोज २५ गते जनकपुर, असोज ३१ गते विराटनगर, कात्तिक २ गते पोखरा, कात्तिक ४ गते बुटवल, कात्तिक १७ गते सुर्खेत, २०७९ कात्तिक १९ गते धनगढी, २०७९ कात्तिक २३ गते काठमाडौं आन्दोलनका कार्यक्रम रहेका छन् ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:४१
प्रतिक्रिया दिनुहोस्