१९ किलो चाँदीसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ– सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारत विहार मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षीय चन्द्रकान्त झालाई पक्राउ गरेको हो ।
शरीरको विभिन्न भागमा लुकाएर साइकलमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा जाँच गर्दा पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खड्काले जानकारी दिए ।
उनले बरामद गरिएको १९.४१७ केजी चाँदीको रु १९ लाख ६४ हजार तीन सय ४० मूल्य बराबरको रहेको बताए ।
बरामद चाँदीसहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक कारबाहीका लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:४०
प्रतिक्रिया दिनुहोस्