सन्दीप लामिछानेविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी
काठमाडौँ– बलात्कारको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोत अनुसार नेपाल प्रहरीको आग्रह अनुसार इन्टरपोलले लामिछानेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । यो संगै इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्नेछन् ।
क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका लामिछाने हालसम्म स्वदेश फर्किएका छैनन् । उनीमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:४२
प्रतिक्रिया दिनुहोस्