सोमबारसम्म ८० हजार टिकट बुकिङ
काठमाडाैँ– पछिल्लो १० दिनमा दशैंका लागि ८० हजार सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ भएको छ ।
नेपाल यातायात व्यावसायिक राष्ट्रिय महासंघका अध्यक्ष विजयकुमार स्वाँरका अनुसार सोमबार दिउँसोसम्म अग्रिम टिकट काट्नेको सङ्ख्या ८० हजार पुगेको हो ।
अग्रिम टिकट काट्नेमा पश्चिम नेपालका लागि टिकट काट्नेको सङ्ख्या बढी रहेको छ । धेरै अग्रिम टिकट बुकिङ गर्नेमा प्युठान, दाङ, बझाङ, कैलाली, डोटी, महेन्द्रनगर, धनगढी लगायतका यात्रु छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१५
प्रतिक्रिया दिनुहोस्