धर्म शिक्षा : एक प्रेरक प्रसङ्ग
ताओ बू चीनका महान् दार्शनिक थिए । एक पटक चुङसिन नाम गरेका व्यक्ति उनीसँग धर्मको रहस्य बुझ्ने उद्देश्य राखी उनको शिष्य बने । कैयौँ वर्ष बित्दा पनि ताओ बूले ती व्यक्तिलाई कुनै शिक्षा दिएनन् ।
एक दिन निराश भएर उनले ताओ बूलाई सोधे— तपाईँले अहिलेसम्म मलाई धर्मको कुनै कुरा सिकाउनुभएन, किन होला ?
ताओ बूले जवाफ दिए— बालक, मैले तिमीलाई समय समयमा धर्मको रहस्य सम्झाएको छु । धर्म त जीवनसँग जोडिएको हुन्छ । तिमी धर्मलाई दैनिक जीवनका
कार्यभन्दा अलग सम्झन्छौ, यही तिम्रो भ्रम हो । आफ्नो भागमा आएका कार्यलाई सद्भाव र धर्मशास्त्रअनुसार सम्पन्न गर्नु नै धर्म हो ।’
साभार: ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरू’ पुस्तकबाट
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०३
प्रतिक्रिया दिनुहोस्