Nic Ad Nic Ad
Nic Ad Nic Ad

दसैँ भित्रिए पनि गुल्मीका विभिन्न शक्तिपीठमा सामान्य चहलपहल

शुक्रबार, मंसिर ९, २०७९
गुल्मी – नेपालीहरूको महान् पर्व बडादसैँ हिजो अर्थात् सोमबारदेखि सुरु भएको छ । पहिले पहिले महिना दिन अगाडि नै दसैँ आएको माहौल गाउँघरमा सुरु हुन्थ्यो । घटस्थापना सुरु भए लगत्तै शक्तिपीठहरु पूजाआजाको लागि दर्शनार्थीको घुइँचो लाग्ने र रमाइला तथा मौलिक संस्कृति बोकेका दृश्य देख्न पाइन्थ्यो । तर पछिल्लो समय न त दर्शनार्थीको बाक्लो उपस्थिति देखिन्छ न त शक्तिपीठमा पुरानो मौलिकता नै झल्केको छ । बडादसैँको शुभारम्भ भएको घटस्थापनाको दिन गुल्मीका विभिन्न शक्तिपीठमा सामान्य चहलपहल रहे पनि विगतका वर्षको तुलनामा सुनसान जस्तै रहेको स्थानीय बताउँछन् । घटस्थापनाको दिन देखि पूर्णिमा दिन सम्म गुल्मीका विभिन्न शक्तिपीठमा फरक फरक विशेषता रहेको यसका अध्येता अर्थात् खड्कछत्र मन्दिर मालिका ८ मर्भुङ्गका मूल पुजारी ढुण्डिराज अर्याल बताउँछन् । पुजारी अर्याल भन्छन् आजदेखि नेपालीका ठुला महान् पर्वको सुरु भएको तर गाउँघरका प्राय मानिस बसाइसराइले गर्दा होला यो वर्ष पनि खासै मन्दिरमा चहलपहल देखिएको छैन । यति वेला विगतलाई फर्किएर हेर्ने हो भने यी शक्तिपीठमा रमाइलो वातावरण हुन्थ्यो पहिलेको तुलनामा अहिले निकै कम छ उनले भने । पछिल्लो समय गाउँबाट पलाएन हुनेको सङ्ख्या बढे सँगै गाउँघरमा चहलपहल त कम छ नै ठुला चाडपर्वमा समेत त्यो पुरानो मौलिकता र रमाइलो लोभ हुने अवस्थामा पुगिसकेको मालिका गाउँपालिका ७ घमिरका इन्द्र बहादुर अर्यालले बताए । धर्म संस्कृति प्रतिको विश्वास , मौलिक परम्परा र पुराना संस्कृतिलाई झल्काउँदै बडादसैँलाई पुरानै माहौलमा फर्काउनको लागि नागरिक तहदेखि सरकारले पहल कदम लिनुपर्ने स्थानीय भक्ति मगर चिन्ता व्यक्त गर्छन् । उनले भने आजभोलि गाउँघरबाट सहरमा पसेकाहरूले पुरानो रहनसहन र संस्कृतिलाई बिर्सदैँ जाँदा हाम्रा मौलिक संस्कृति नै लोभ हुन थालेका छन् यसको संरक्षण गर्नु सबैको दायित्व हो । विभिन्न चाडपर्व तथा बडादसैँ जस्ता ठुला चाडमा प्रस्तुत हुने सांस्कृतिक गतिविधिलाई संरक्षण गरी पुराना मौलिकता र संस्कृतिलाई जगेर्ना गर्न स्थानीय सरकारले विभिन्न पहल कदम लिएको मालिका गाउँपालिका ७ घमिरका वडा अध्यक्ष हिरा बहादुर कार्कीले बताए । शक्तिपीठमा घटस्थापनाको दिनदेखि नै पूजाआजा, सरायनाँच तथा स्थानीय मौलिकता झल्कने गरी विभिन्न धार्मिक,सांस्कृतिक सामाजिक,तथा मनोरञ्जनात्मक गतिविधि हुने गर्दछन् । तर यो माहौल बिस्तारै लोभ हुने खतरामा परेको भन्दै संरक्षण गर्नका लागि स्थानीयले अनुरोध गरेका छन् । गुल्मीको ,घमिर,मर्भुङ्ग, इश्मा,धुर्को, जोगिथुम,उनायचौर, धागिथुम,चोया,मुसिकोट कोट लगायत जिल्लाका विभिन्न शक्तिपीठमा रमाइलो र ऐतिहासिक महत्त्व झल्कने गर्दछ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्