इतिहासकै उच्च बिन्दुमा अमेरिकी डलरको मूल्य
काठमडौँ – अमेरिकी डलरको भाउ हालसम्मकै उच्च भएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १३० रुपैयाँ ३० पैसा र बिक्रीमूल्य १३० रुपैयाँ ९० पैसा रहेको छ ।
आज भन्दा २५ वर्ष पहिला सन १९९७को आजकै दिन अमेरिकी १ को खरिददर ५८ रुपैयाँ ५० पैसा थियो । राष्ट्र बैङ्कको अनलाइन पोर्टमा सन् १९९७ को मे १ तारिखदेखि विनिमय दर राखेको पाइएको छ । जुन दिनको मूल्य अनुसार अमेरिकी १ डलरको मूल्य ५६ रुपैयाँ कायम गरिएको छ ।
विश्व बजारमा अमेरिकी डलरको माग बढेसँगै मूल्य उकालो लागेको हो । डलर बलियो भएसँगै नेपाली, पाकिस्तानी र श्रीलंकाली रुपैयाँ पनि कमजोर भएको छ भने पाउन्ड–युरो पनि कमजोर बनेको छ ।
सन् १९९७ को सेप्टेम्बर २५ तारिखका दिन यूके पाउण्ड स्टर्लिङको मूल्य ९४ रुपैयाँ ४७ पैसा थियो भने मितिमा १ सय ३९ रुपैयाँ ८८ पैसा पुगेको छ ।
युरोपियन युरो एकको खरिदमा १२५ रुपैयाँ ७४ पैसा र बिक्रीमा १२६ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १३९ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४० रुपैयाँ ५२ पैसा रहेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:४४
प्रतिक्रिया दिनुहोस्