Nic Ad Nic Ad
Nic Ad Nic Ad

सत्ता गठबन्धनमा सिट बाँडफाँडको टुङ्गो अझै लागेन, आज पनि छलफल जारी

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – सत्तारूढ गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सिट बाँडफाँटमा अझै टुङ्याउन सकेको छैन । करिब २ महिनादेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको गठबन्धनको बैठकले सहमतिको नजिक पुगेको दाबी भने पटकपटक गर्दै आएको छ । सत्ता गठबन्धनका दलहरुले आज पनि छलफललाई निरन्तरता दिएका छन् । कार्यदलका अनुसार आज बिहान ८ बजेदेखि पुनः बैठक बसेर सिट बाँडफाँटको टुंगो लगाउन प्रयास भइरहेको छ। यही असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । १९ गते दशैंको टीका र असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन मनोनयन दर्ता हुने भएकाले त्यसअघि नै सिट बाँडफाँट टुंगो लगाउने बताउँदै आएका छन् । गत साउन २० गते बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कुन–कुन क्षेत्रको कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिए पनि अझैसम्म टुंगो लाग्न सकेको छैन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार