ललितपुरमा अष्टमातृका नाच सुरु
ललितपुर–ललितपुरको प्राचीन अष्टमातृका नाच सुरु भएको छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) देखि नाच सुरु भएको हो ।
यो नाच हरेक वर्ष आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) का दिन नकबहिल परिसरमा विधिवत् पूजा सम्पन्न गरेपछि सुरु हुन्छ । त्यसपछि बाजागाजासहित नागबहाल—पट्को हुँदै मङ्गलबजार पुगेका देवगणहरूलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूलचोकमा प्रवेश गराइन्छ र देवगणहरूद्वारा नाच देखाइन्छ ।
फूलपाति र विजया दशमीका दिन दिउँसो मूलचोकमा यो नाच देखाइन्छ भने अन्तिम दिन अर्थात आश्विन शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विषेश नाच देखाएर नासःछेँमा गई देवगणले मुकुण्डो निकालेपछि नाच सम्पन्न गरिन्छ ।
यो नाच मल्ल राजा श्रीनिवास मल्लको पालामा शुरु भएको हो । कोभिड महामारीको समयमा यो नाच हुन सकेको थिएन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०५:०१
प्रतिक्रिया दिनुहोस्