Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकाले पाकिस्तानलाई १० मिलियन डलर दिने

बुधबार, मंसिर ७, २०७९
काठमाडौं–अमेरिकी विदेशमन्त्री एन्टिनी ब्लिंकनले खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अतिरिक्त १० मिलियन डलर सहायता दिने घोषणा गरेका छन् । वाशिङटानमा पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टासँग भेट भएपछि आयोजित पत्रकार सम्मेलननमा ब्लिंकनले हालै आएको बाढीले ठूलो क्षति भएको बताए । यो पाकिस्तानका लागि कठिन समय भएको भन्दै उनले सहयोग गर्ने बताए । अमेरिकाले अहिलेसम्म बाढी प्रभावितका लागि ५५ मिलियन डलर सहायचा प्रदान गरिसकेको भन्दै उनले खाद्य सुरक्षाका लागि अतिरिक्त १० मिलियन डलर सहायता दिने बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:४८
प्रतिक्रिया दिनुहोस्