Nic Ad Nic Ad
Nic Ad Nic Ad

व्यापारीको गुनासो: भिडभाड भए पनि व्यापार भएन

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– दशैँ नजिकिएसँगै उपत्यकामा किनमेलको लागि मानिसहरुको चहलपहल बढ्दो छ । अन्य दिनहरूमा जस्तो सुकै कपडा लगाए पनि दशैँ तिहार जस्ता चाडपर्वको समयमा भने नयाँ कपडा देखी घरका अन्य सामानहरू पनि नयाँ किन्ने चलन चलिआएको छ । सामान किनमेलको लागि प्रयाजसो उपत्यकाको भृकुटीमण्डप, न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, महाबौद्ध, लगनखेल लयातका मुख्य बजारमा किनमेल गर्नेहरूको भीडभाड हुने गरेको छ ।  नेपालीहरूको महान् चाड भएकाले पनि यो समयमा मानिसहरूले खाद्य सामग्री देखि लत्ता कपडासम्म सामानहरू अनिवार्य रूपमा किन्ने गरेका छन् । त्यसैले पनि दशैँ नजिकिएसँगै बजारमा सामान किन्ने मानिसहरूको चहलपहल बढ्ने गरेको छ । अहिले यसो हेर्दा यी एरियामा दशैँको किनमेलको लागी भनेर आएका मानिसहरूको बाक्लै भिडभाड देखिन्छ तर व्यापारीहरू भने ति भिड सामान्य भएको बताउँछन् । पसल छेउछाउ जत्ति नै भिडभाड देखाएता पनि विगत २ वर्षयता सोचे जस्तो व्यापार हुन नसकेको व्यापारीहरूको भनाई छ ।  काठमाडौँको बसन्तपुरमा लुगा पसल गर्दै आएका उमेश अहिले बजारमा आम मानिसहरूसँग पैसा नभएको कारण आफूहरूको व्यापार पनि सोचे जस्तो हुन नसकिरहेको बताउँछन् । उनको अनुसार हाल बैंकहरूले पैसा नदिएको कारण व्यापार घाटामा जान लागेको बताए । त्यस्तै अर्को कपडा व्यापारी धिरेन्द्र रौनियारको भनाई पनि उस्तै छ । उनको अनुसार पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरूले राम्रो ठाँउमा लगानी नगरेको कारण अहिले समस्या देखिएको बताए । त्यस्तै बैंकले पैसा नदिनु पनि एउटा मुख्य कारण भएको उनको भनाई छ । बैंकले लोन नदिएको कारणले गर्दा यस वर्ष पसलमा नयाँ सामान ल्याउन नपाएको कारण उही पुरानो सामान जबरजस्ती बेच्न बाध्य भएको उनले बताए ।  व्यापारीहरूको वर्षभरीको कमाई हुने समय भनेकै दशैँ तिहार जस्ता महान् चाडमा नै हो । विगतका वर्षहरूमा यो समयमा अन्य समयमा भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी रौनियारको भनाई छ  तर अहिले भने मानिसहरूको चहलपहल बढे पनि व्यापार भने हुन नसकिरहेको व्यापारीहरूको भनाई छ ।  तस्वीरहरु: विमल पाैडेल
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०४
प्रतिक्रिया दिनुहोस्