Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत हुँदै कुवेत लैजान लागेका चार महिलाको नवलपरासीबाट उद्धार, एक पक्राउ

शुक्रबार, मंसिर ९, २०७९
नवलपरासी– देशका विभिन्न स्थानका महिलाहरूलाई रोजगारीको प्रलोभनमा भारत हुँदै कुवेत लैजान लागेका चार जना महिलाहरूलाई नवलपरासीको महेशपुरबाट उद्धार गरिएको छ । जागिर खान एक रुपियाँ पनि नलाग्ने भन्दै मानव तस्करले नवलपरासीको महेशपुर नाकाबाट भारत लैजान लागेको अवस्थामा काभ्रेका दुई जना, सिन्धुलीका एक जना र धनकुटाका एक जना गरी चार महिलालाई माइती नेपाल र प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकृत भोजराज पाण्डेले बताए । भारतमा विना लगानीमा काम पाउने भन्दै झुक्याएर भारतको बाटो हुँदै कुवेत लैजान लागिएका महिलाको उद्धार गरी परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस कार्यमा संलग्न एक जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी बर्दघाट–४ बाडीपीडित बस्ने ३५ वर्षीय गोरख दमाई  छन् । यसैगरी, अन्य मानव बेचबिखनको कार्यमा संलग्न अन्य तीन जनाको खोजी भइरहेको प्रहरीले बताइएको छ । पछिल्लो  समय नवलपरासीका मानव तस्करले महिलालाई भारत लैजाने गरेका घटनामा वृद्धि भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१४
प्रतिक्रिया दिनुहोस्