Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुम्लाका ५९८ उम्मेदवार कारबाहीमा

शुक्रबार, मंसिर ९, २०७९
हुम्ला– स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाएको भन्दै निर्वाचित अध्यक्ष उपाध्यक्षसहित ५९८ जना कारबाहीमा परेका छन् । निर्वाचन आयोगले कारबाही गरेको सूचीमा निर्वाचित भएका गाउँपालिकाका अध्यक्षहरूमा अदानचुली गाउँपालिकाका मोहनविक्रम सिंह, सर्केगार्ड गाउँपालिकाका ठानबहादुुर रोकाया, सिमकोट गाउँपालिकाका विजय भण्डारी र नाम्खा गाउँपालिकाका प्रेमबहादुर लामा रहेका छन् । त्यसैगरी निर्वाचन खर्च विवरण नबुझाउनेमा चार जना गाउँपालिकाका निर्वाचित उपाध्यक्ष समेत रहेका छन् । अदानचुली गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकाय, सर्केगार्ड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह काकी, खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुर सिंह र सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकाया रहेका छन् । खर्च विवरण नबुझाउने अध्यक्ष उपाध्यक्ष बाहेक अन्य ५९० जनालाई पनि नियमानुसार लाग्नेगरी आयोगले जरिवाना गरेको छ । आयोगले गरेको जरिवाना कारबाहीअनुसार अध्यक्ष उपाध्यक्ष पदमा उम्मेदवारी मनोनयन गरेका उम्मेदवारलाई तीन लाख पचास हजार र अन्य वडा अध्यक्ष, महिला, दलित महिला सदस्य र अन्य सदस्यका लागि एक लाख पचास हजार रुपियाँ जरिवाना तोकिएको छ । जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख श्यामबहादुर रानाका अनुसार २० जना अध्यक्ष तथा उपाध्यक्षका निर्वाचित र पराजित उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छैनन् । आयोगले जरिवाना बापतको रकम राजस्व खातामा जम्मा गर्न सार्वजनिक सूचना जारी गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:१३
प्रतिक्रिया दिनुहोस्