हरिकृष्ण कार्की भए कामु प्रधानन्यायाधीश
काठमाडौं–सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अनिवार्य अवकाशमा जानेभएकोले उनलाई मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हालेका छन् ।
अवकाशप्राप्त कामु प्रधानन्यायाधीश कार्की २५ असोजदेखि अनिवार्य अवकाशमा जाँदैछन्, त्यसअघि उनी तिर्थाटनका लागि आज भारत तर्फ गएका छन् । संविधानतः प्रधानन्यायाधीशले देश पार गरेपछि स्वतः वरिष्ठतम् न्यायाधीश प्रधानन्यायाधीश बन्ने व्यवस्था छ । कार्कीलाई भूपू प्रधानन्यायाधीशसरहको सेवा सुविधा दिनेगरी नीतिगत निर्णय गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग दर्ता भएसँगै कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले पाएका थिए । अब कार्की प्रधानन्यायाधीश बन्न भने लामो समय कुर्नुपर्ने देखिन्छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि गत फागुन १ गते संसदमा महाभियोगको प्रस्ताव दर्ता भएपछि सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको नेतृत्वमा चलिरहेको छ । महाभियोगको टुङ्गो नलागेकै कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा छन् । आगामी २७ मंसिरमा निलम्बित प्रधानन्यायाधीश जबरा पनि ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:१४
प्रतिक्रिया दिनुहोस्