नेभिगेशन
जीवनयापन

पेट ढुस्स तथा अपच भएमा सरल घरेलु उपचार

काठमाडाैँ – पेट ढुस्स हुँदा कतिपयले सिधै औषधि खाने गरेकाे पाइन्छ । हामीले औषधि खानु भन्दा पहिला केही घरेलु उपाएहरू यहाँ प्रस्तुत गरिएकाे छ । – १५/२० वटा तुलसीका पातलाई पानीमा उमालेर थोरै बिरे नूनसँग खानाले फाइदा गर्छ । – ६/७ वटा पुदिनाका पातलाई पानीमा केही बेर राखी पात चपाएर पानी समेत पिउनाले पेट ढुस्स भएमा ठिक हुन्छ । – एक/एक चम्चा अलैँची र सुपको दानामा एक टुक्रा अदुवा राखी एक गिलास पानीमा उमालेर पिउनाले वा सोही मिश्रणलाई पिसेर एक एक चम्चाको दरले खाने गरेमा पेट ढुस्स भएको ठिक हुन्छ । साथै थोरै हिङ एक एक चम्चा सुकेको अदुवा र अलैँचीमा ठिक मात्रामा बिरे नूनसँग पिसेर एक/एक चम्चाको दरले पानीसँग खानाले अपच भएमा ठिक हुन्छ । – कागती र अदुवालाई साना टुक्रा पारेर नुनसँग मिलाएर खानाले राम्रो फाइदा गर्छ । साथै अपच भएर अमिलो डकार आएमा चिल्लो पिरोको साथै सुख्खा चीज भात रोटीलाई कम गरी प्रशस्त मात्रामा मेवाको प्रयोग गर्नाले राम्रो फाइदा गर्छ । – तीन चार चम्चा ज्वानोलाई कागतीको रससँग भिजाई छायामा सुकाउने र पुरै सुकेपछि यसमा अलिकति बीरे नून मिलाई दिनको तीन चार चोटि तातोपानीसँग चपाएर खानाले राम्रो फाइदा गर्छ । तर यो बेला पिरो, अमिलो, चिल्लो र माछा मासु भने खानु हुँदैन । – जिरा, मरिचको दानामा अदुवाको सानो टुक्रा मिसाएर पिसी पानीमा उमाल्ने र दिनको दुईतीन चोटि खानाले पेट फुलेको ठिक हुन्छ । – अमिलो डकार आएमा चिल्लो, पिरो, अमिलोको साथै सुख्खा खानेकुरा भात रोटी कम गरी प्रशस्त मात्रामा मेवाको प्रयोग गर्नाले राम्रो फाइदा गर्छ ।   साभार: ‘योगाभ्यास तथा घरेलु उपचार विधि’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै