Nic Ad Nic Ad
Nic Ad Nic Ad

घट्दाे चङ्गाकाे व्यापार, लाेप हुँदै संस्कृति (फाेटाेफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ – दसैँ सुरू भइसकेपछि पनि आकासमा चङ्गा उडेको त्यति देखिदैन । आकासमा चङ्गा नउडे पनि असनका पसलहरुमा भने चङ्गाहरु देखिन्छन् । चङ्गउडाउने धागो र चङ्गा बेच्दै आएका अनिल श्रेष्ठले यो वर्ष चङ्गाको सोचेजस्तो व्यापार नभएको बताउँछन् ।   बालबालिकादेखि नेपाली युवापुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोनप्रतिको बढ्दो मोहले गर्दा चङ्गा उडाउने परम्परा लोप हुँदै‌ गएको स्थानीय रमण श्रेष्ठ बताउँछन् । बढ्दो सहरीकरणले पनि यो परम्परामा असर पारेको संस्कृतिविद्को भनाइ छ ।   संस्कृतिविद् डा. जगमान गुरुङ भन्छन्, ‘इन्द्रजात्रा सके लगत्तै चङ्गा उडाइएको देखिन्थ्यो । तर, अहिलेको बालबालिकादेखि युवापुस्ता मोबाइलमै झुन्डिएको देख्दा यो इतिहास बन्ने जस्तो लाग्छ, अब केही वर्षमा चङ्गा र लट्टाई सङ्ग्रहालयमा पुग्छ जस्तो लाग्छ ।’   असनमा विगत ४१ वर्षदेखि चङ्गा पसल व्यापार गर्दै आउनुभएको अनिल श्रेष्ठले पाँच/छ वर्ष वर्ष अगाडिसम्म मात्रै साउनदेखि असोजसम्मका तीन महिना ५० लाखको चङ्गा बिक्री गरेको अनुभव सुनाउँछन् । उनले भने, 'अहिले भने त्यस्तो छैन । चाररपाँच लाखको बिक्री हुन पनि मुस्किल हुन्छ ।'  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०३
प्रतिक्रिया दिनुहोस्