नेभिगेशन
जीवनयापन

एन्फाको विशेष साधारण सभा आज हुँदै

काठमाडौं–अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा हुँदैछ । आज त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा विशेष साधारण सभा गर्न लागेको एन्फाले जनाएको छ । साधारण सभाले एन्फा कार्यसमितिमा बाँकी दुई सदस्यका लागि आजै निर्वाचन गर्नेछ । गत असारमा काठमाडौंमा भएको निर्वाचनमा २१ सदस्यीय कार्यसमिति चयन हुनुपर्नेमा १९ पदाधिकारी मात्र चयन भएका थिए । बाँकी दुई सदस्यका लागि आज निर्वाचन हुन लागेको हो । त्यति वेला चार सदस्यको मत बराबर भएपछि दुई जना सदस्यको निर्णय हुन बाँकी थियो । दुई सदस्य निर्वाचित भएपछि एन्फा कार्यसमितिले पूर्णता पाउनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै