खाद्यबाट खसीबोकाको बिक्री सुरु
काठमाडौं–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्याङ्ग्राको बिक्री सुरु गरेको छ । बजार मूल्यभन्दा कम्पनीबाट बिक्री हुने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य प्रतिकिलो केही कम रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी प्रादेशिक प्रमुख ज्ञानु थापाले बताइन् ।
कम्पनीले दाङबाट ७००, धादिङबाट ६०० र वीरगञ्ज, हेटौंडालगायत ठाउँबाट ७०० खसीबोका काठमाडौं ल्याएर आजबाट बिक्री सुरु गरेको हो ।
कम्पनीले यो वर्ष च्याङ्ग्रा बिक्री नगर्ने भनेको भए पनि ५०० च्याङ्ग्रा बिक्री गर्दैछ । कम्पनीले आजदेखि दुई हजार खसीबोका र ५०० च्याङ्ग्रा काठमाडौं उपत्यकामा बिक्री गर्ने बताएको छ । ती खसीबोका र च्याङ्ग्रा काठमाडौंको थापाथलीस्थित प्रादेशिक कार्यालयबाट बिक्री भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३५
प्रतिक्रिया दिनुहोस्