राप्रपा र रविन्द्र मिश्र समूहको एकता घोषणा (फोटोफिचर)
विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् ।
बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो ।
एकता घोषणा सभामा शंखघण्ट बजाउनुका साथै बटुकहरुबाट स्वस्ति बाचन गरेर एकता घोषणा गरिएको थियो ।
त्यस्तै राप्रपाका अध्यक्ष लिङ्देन र मिश्रले घोषणापत्रमा हस्ताक्षर गरेर एकअर्कालाई प्रदान गरेका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन् ।
मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०४:३३
प्रतिक्रिया दिनुहोस्