म्यादीको मोह (फोटोफिचर)
मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेस सभा निर्वाचनका लागि अपुग सुरक्षाकर्मी पूर्ति गर्न सरकारले देशभर १ लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोलेको छ ।
आजदेखि म्यादी प्रहरीको लिखित परीक्षा शुरु भएको छ । म्यादी प्रहरीमा भर्ना हुन शारीरिक परीक्षाबाट छनोट भएकाहरुको आज लिखित परिक्षा सम्पन्न भएको छ ।
काठमाडौं जिल्ला अन्तर्गतको लिखित परिक्षा आज ल्याबोरेटरी बिद्यालयको खेल मैदान चोभारमा भएको हो ।
१ लाख १५ हजार म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । म्यादी प्रहरीको सेवा तथा सुविधा पनि तय गरिएको छ । जसअनुसार म्यादी प्रहरीका लागि प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:०३
प्रतिक्रिया दिनुहोस्