Nic Ad Nic Ad
Nic Ad Nic Ad

अमेरिकी डलरकाे मूल्य बढ्दाे क्रममा, हेर्नुहाेस् के छ अन्य देशकाे ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३० रुपैयाँ ८१ पैसा र बिक्रीदर १३१ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ २२ पैसा र बिक्रीदर १२५ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १३९ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४० रुपैयाँ २३ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ७५ पैसा रहेको छ भने, बिक्रीदर ३४ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५७
प्रतिक्रिया दिनुहोस्