इष्टर्न हाइड्रोपावरको आइपिओ २८ गते निष्कासन हुने
काठमाडौँ – इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले ६ लाख ७० हजार ३१० कित्ता शेयर निष्कासन गर्न लागेको हो। ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरूका लागि छुट्टाइएको छ।
सर्वसाधारणले बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा कात्तिक १ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद कात्तिक १४ गतेसम्म लम्बिनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २०:१८
प्रतिक्रिया दिनुहोस्