Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापान, अमेरिका र दक्षिण कोरियाका नौसेनाले संयुक्त सैन्य अभ्यास गर्ने

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ – जापान, संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाका नौसेनाले शुक्रबार संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । जापानको समुद्री आत्मरक्षा बल (एमएसडीएफ)ले बिहीबार सो जानकारी दिएको हो । पनडुब्बीविरोधी गतिविधिलगायतका अन्य सैन्य अभ्यसा जापानको सागरमा हुनेछ, जसलाई दक्षिण कोरियाले पूर्वी सागर भन्छ । यसैबीच, अमेरिकी उपराष्ट्र कमला ह्यारिस दक्षिण कोरिया जाँदैछिन् । भ्रमणका क्रममा उनी दुई कोरियालाई छुट्टाउने गैरसैनिक क्षेत्रको अवलोकन गर्नेछिन् । सो अवसरमा उनले उत्तर कोरियाको आणविक परीक्षणको निन्दा गर्ने अनुमान गरिएको छ । पछिल्ला समयमा उत्तर कोरियाले शृंखलाबद्ध ढंगले हतियार परीक्षण गरेको छ जसको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको छ । उत्तरका आणविक परीक्षणलाई लिएर विभिन्न देशहरूले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार