Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवौँ राष्ट्रिय खेलकुदको समापनका लागि प्रधानमन्त्रीलाई निम्तो

बिहीबार, मंसिर ८, २०७९
काठमडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र प्रदान गरेको छ । राखेपका अध्यक्ष युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री देउवालाई कात्तिक ३ गते पोखरा रंगशालामा हुने नवौं राष्ट्रिय खेलकुदको समापन कार्यक्रमको प्रमुख अतिथिका लागि निमन्त्रणा पत्र प्रदान गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५२
प्रतिक्रिया दिनुहोस्