बालेनको विज्ञप्ति चाडबाड भनेर फुटपाथ हटाउन रोकिँदैन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चाडबाडका बेला पनि काठमाडौँको फुटपाथ खाली गर्ने अभियान नरोकिने बताएका छन् । चाडबाडका बेला फुटपाथ व्यापारी प्रति लचिलो नभएको भन्ने आवाज उठेपछि शाहले विज्ञप्ति जारी गर्दै महानगरको अभियान निरन्तर चल्ने बताएका हुन् ।
दसैँको सन्दर्भसँग जोडेर फुटपाथका व्यापारबारे प्रकाशन÷प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको समेत बताएका छन् । उनले भनेका छन्, ‘ फुटपाथ व्यापारलाई दसैँको सन्दर्भसँग जोडेर प्रकाशन÷प्रसारण भएका समाचारप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको छ ।’
‘नीति प्रभावकारी रूपमा कार्यान्वयन गराउन महानगरले सडक किनारा व्यवस्थापनका कार्यक्रम सञ्चालन गरिरहेको छ ।’ विज्ञप्तिमा उनले भनेका छन्,‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा यो बेला ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरू किनमेलका घर बाहिर निस्कने समय हो । उहाँहरूको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो । ’
सडकमा पैदल यात्रीको पहिलो अधिकार रहने भन्दै उनले यसलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको स्मरण गराएका छन् । सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको उनको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०७:१८
प्रतिक्रिया दिनुहोस्