नेपालमा आर्थिक क्रान्तिको आवश्यक : सिबिफिनअध्यक्ष गोल्यान
काठमाडौँ– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले नेपालमा अब आर्थिक क्रान्तिको आवश्यक रहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजको वार्षिक जर्नल अर्थचित्र विमोचन तथा आर्थिक पत्रकार पुरस्कार समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले सो कुरा बताएका हुन् ।
नेपालमा विगतमा सबै खालका क्रान्ति भएको भन्दै अब कृषि क्रान्तिमार्फत आर्थिक क्रान्तिको आवश्यक भएको उनको भनाइ छ । अध्यक्ष गोल्यानले नेपालमा विभिन्न क्रान्तिमार्फत गणतन्त्र ल्याएपनि आर्थिक क्रान्ति हुन नसकेको दाबी गरे ।
आर्थिक विकास गर्ने विषयमा पनि नेपालमा राजनीतिक हुने भएको भन्दै कृषि, पर्यटनमार्फत क्रान्तिका भाषण गरेर नेताहरुले भोटको राजनीति गरेको उनको धारणा छ ।
उनले अब भोटको राजनीति नभएर किसानहरुलाई कृषि उत्पादनमा जोड दिएर आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताए। उनले राजनीतिदेखि आम जनतालाई आर्थिक क्रान्तिसँग जोड्ने दायित्व मिडियाको रहेको बताए। स्वदेशी उत्पादन र त्यसको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने ठूलो आवश्यकता रहेको छ ।
उनले भने, ‘‘नेपालमा अबको आवश्यकता आर्थिक क्रान्ति हो । नेपालमा सबै किसिमको क्रान्तिहरु गरिए । क्रान्ति गर्दै मुलुकमा गणतन्त्र समेत आयो तर आर्थिक क्रान्ति भएन ।
मुलुकका दुई तिहाई किसान जनताका लागि आर्थिक क्रान्ति आवश्यक छ तर हामी कुरा मात्रै गर्छौं काम गर्दैनौं । त्यसमा पनि राजनीतिक गर्छौं । नेताहरुले किसानको कुरा गरेर भोटको राजनीति गर्नुहुन्छ । सबैले त्यही गरिरहेका छौँ । अब सबै जनतालाई मुलुक समृद्ध बनाउन आर्थिक क्रान्ति गर्नेतर्फ समेत गराउनुपर्छ ।’’
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २३:५३
प्रतिक्रिया दिनुहोस्