समाजवादी छोड्नेको लर्को, आजमात्र ६० भन्दा बढी नेता, कार्यकर्ता एमाले प्रवेश
काठमाडौँ– सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का डोल्पा जिल्ला अध्यक्ष नन्दसिंह बुढासहितका नेता, कार्यकर्ता एमालेमा फर्केका छन्।
उनीसँगै जिल्ला कमिटीका ४० जना सदस्य, प्रदेश, नगर र गाउँपालिका कमिटी गरेर ६० नेताकार्यकर्ता फर्किएको एमालेले जनाएको छ।
यसैगरी, नेकपा (एस) बारा जिल्ला अध्यक्ष तथा मधेश प्रदेशका सांसद सुन्दर विश्वकर्मा र केन्द्रीय सदस्य तथा सांसद सीता गुरुङलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे।
बालकोटमा स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीले राष्ट्रियतालाई सुदृढ बनाउने, जनतालाई सेवा, सुविधा पुर्याउने, जनताको गरिबी हटाउने एवम् अविकासको स्थितिबाट विकासको स्थितिमा पुर्याउने प्रयासमा एमाले रहेको बताए। यसै अभियानमा जोडिन आएको भन्दै उनले स्वागत गरेका हुन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ००:२४
प्रतिक्रिया दिनुहोस्