दशैँ बिदामा पेट्रोल पम्पहरु सबै खुल्ने
काठमाडाैँ– नेपाल आयल निगमले दशैँ विदामा पनि पेट्रोल पम्पहरु खुला राख्ने भएको छ ।
निगमले एक सुचना जारी गर्दै पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि दशैँको बिदामा तेह्र वटा डिपोहरू खुला राख्ने जनाएको छ ।
बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन सार्वजनिक बिदामा पनि डिपोहरू खुला राख्न निर्देशन दिइएको निगमले जनाएको छ ।
दशैँमा सार्वजनिक बिदा हुने र सार्वजनिक यातायातको चाप बढ्ने भएकाले पम्पहरू खुला राख्न निगमले यस्तो निर्देशन दिएको हो।
प्रदेश १ को विराटनगर र मधेश प्रदेशको अमलेखगंजमा असोज १६, २९ र २१ गते, बागमती प्रदेशको थानकोट र गण्डकी प्रदेश पोखरामा असोज १५, १६, १८ र २१ गते खुला हुनेछ।
साथै लुम्बीनी प्रदेशको भैरहवामा असोज १५, १६, १७, २१ र २२ गते र कर्णली प्रदेशको सुर्खेतमा असोज १६ र २१ गते डिपोहरु खुला हुने छन् ।
यस्तै सुदुर पश्चिम प्रदेशको धनगढीमा असोज १६, १७ र २१ गते तथा शाखा कार्यालय चारआलीमा १६ र २१ गते डिपोहरु विदाको दिनमा खुला हुनेछ्न्। यसैगरी अन्य नेपालगंज, धनुषा, बिरगंज, दाङ र दिपायलमा पनि २१ गतेसम्म निगमको डिपोहरु खुला हुनेछन्।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १९:२२
प्रतिक्रिया दिनुहोस्