Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेङ्गीबाट कर्णालीमा ५४१ जना सङ्क्रमण

शुक्रबार, मंसिर ९, २०७९
सुर्खेत–कर्णाली प्रदेशभर ५४१ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । सबैभन्दा बढी सुर्खेतमा डेङ्गीबाट ४२२ जना सङ्क्रमित छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालय वीरेन्द्रनगरका अनुसार सल्यानमा २२, जुम्लामा २२, कालीकोटमा २१ र दैलेखमा १४ जना डेङ्गीबाट सङ्क्रमित छन् । यस्तै रूकुमपश्चिममा १८, हुम्ला र डोल्पामा १–१ जना डेङ्गीबाट सङ्क्रमित रहेको प्रदेश स्वास्थ्य सेवा कार्यालय सुर्खेतका डेङ्गु रोग नियन्त्रण फोकल पर्सन श्याम आचार्यले जानकारी दिए । सुर्खेतको वीरेन्द्रनगर क्षेत्र डेङ्गी सङ्क्रमणको रेड जोनमा छ । वीरेन्द्रनगरमा हालसम्म २ सयभन्दा बढी डेङ्गीबाट सङ्क्रमित छन् । प्रदेश अस्पतालका डा केएन पौड्यालले लामखुट्टे नियन्त्रणका साथै बिरामीलाई झुलभित्र राखेर उपचार गर्नुपर्ने बताए । डेङ्गी पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । सङ्क्रमितलाई टोकेको लामखुट्टेले अन्य व्यक्तिलाई टोकेमा डेङ्गी फैलिन्छ ।  
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:३८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार