Nic Ad Nic Ad
Nic Ad Nic Ad

डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्छ: महामन्त्री थापा

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डेङ्गु नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका छन्। नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ द्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले चाडपर्वको समयमा डेङ्गुले जनजीवन प्रभावित बनाएकाले यसको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । “प्रधानमन्त्रीले आपत्कालीन सरकारको बैठक र स्थानीय सरकारका प्रतिनिधि बोलाएर देशभर सङ्क्रमणलाई न्यूनीकरण गर्ने अभियान सुरु गर्नुपर्छ”, उनले भने। पूर्व स्वास्थ्य मन्त्री थापाले सरकारसँग देशभरको डेङ्गु सङ्क्रमणलाई कसरी घटाउने, रोकथाम कसरी गर्ने, अस्पतालमा भएको दबाबलाई कसरी कम गर्ने भन्नेबारेमा छुट्टै अभियान सञ्चालन गर्न माग गरे। सरकार महामारीको बेलामा अरू कुरालाई प्राथमिकतामा राखेर मुख्य जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ थियो । महामन्त्री थापाले पार्टीभित्र सही ढङ्गले न्यायोचित व्यवहार नभएको ठूलो गुनासो आएको भन्दै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको उल्लेख गरे । उनले पार्टी सत्ताको हतियार मात्र हुन लागेको भन्दै पार्टी निर्वाचनको गोलचक्करमा मात्रै सीमित भएको बताए । रासस
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०३:३०
प्रतिक्रिया दिनुहोस्