Nic Ad Nic Ad
Nic Ad Nic Ad

यात्रा गर्दै हुनुहुन्छ ? वाकवाकी लागेमा के गर्ने ?

बिहीबार, मंसिर ८, २०७९
– यात्रा गर्नुअघि अदुवाको चिया खाने । – यात्रामा अदुवाको सानो टुक्रा मुखमा राखेमा बान्ता हुँदैन । – मुखमा ल्वाङ राखेर चुसिरहेमा पनि बान्ता हुँदैन । – बान्ता आउला जस्तो हुने बित्तिकै मुखमा अलैँची राखी चपाउनाले बान्ता रोकिन्छ । – धनियाँका केही दाना चपाउनाले पनि वाकवाकी लाग्दैन । – रुमालमा केही थोपा पुदिनाको तेल राखी बेला बेलामा सुँघ्नाले समेत बान्ता हुँदैन । – प्याज र अदुवाको रस एकाएक चम्चा मिसाएर सेवन गरे वाकवाकी रोकिन्छ । – मुखमा अमिलो पानी आइरहेमा कागती चाटेमा पनि वाकवाकी हुँदैन । – सुन्तला र पुदिनाको रस मिलाएर पिएमा वान्ता हुदैन । – समस्यामा कमी नआएमा बान्ता रोक्ने औषधि प्रयोग गर्नुपर्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २२:२६
प्रतिक्रिया दिनुहोस्