Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालका लागि अमेरिकी राजदूतले लिए शपथ, चिनियाँ राजदूत फर्किँदै

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं–नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसनले शपथ ग्रहण गरेका छ्न् । अमेरिकी उपविदेशमन्त्री वेन्डी आर शर्मनले थम्पसनलाइ शुक्रबार सपथ गराएकी हुन् । दक्षिण एसिया मामिलाका जानकार मानिएका थम्प्सन केही सातामा कार्यभार सम्हाल्न नेपाल आउनेछ्न् । हालका अमेरिकी राजदूत र्‍यान्डी बेरी नामिबियाका लागि राजदूत नियुक्त भइसकेका छन् । र्‍यान्डी बेरी चार वर्ष कार्यकाल पूरा गरी आइतबार स्वदेश फर्कँदै छन् । ‘२५ वर्ष भन्दा बढी विदेश सेवामा, खासगरी एसिया एसियाको अनुभव सम्हालेका थम्पसनले दुई देशका जनताको हितमा अमेरिका –नेपाल सम्बन्ध थप विस्तार गर्नेछ्न’, अमेरिकी विदेश मन्त्रालयले ट्वीटरमा भनेको छ । राजदूत यान्छी फर्किँदै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी अर्को महिना चीन फर्कने भएकी छन् । राजदूत होउ चार वर्षे कार्यकाल पूरा गरी अर्को महिना चीन फर्किने हुँदा उनले नेपालमा अन्तिम पटकको उच्चस्तरीय भेटघाटका लागि प्रधानमन्त्री, राष्ट्रपति, परराष्ट्रमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलसँग समय समेत माग गरेकी छन् । राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ इस्ट एसिएन नेसन्स(आसियान) क्षेत्रको राजदूतको रुपमा पठाउन लागिएको हो । राजदूत होउ फर्केसँगै नयाँ राजदूतमा को आउने भन्नेबारे निर्णय भएको छैन । सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रुपमा होउ नेपाल आएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार