बेलायतको रेल सेवामा आन्दोलन सुरू, सेवा प्रभावित
काठमाडाैँ – बेलायतको रेल सेवा प्रभावित भएको छ । पछिल्लो २४ घण्टादेखि भइरहेको आन्दोलनका कारण सेवा प्रभावित भएको हो ।
रेल सेवामा कार्यरत कर्मचारीहरूले योभन्दा अगाडि नै आन्दोलन गर्ने तयारी गरेपनि बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधन भएकाले रोकिएको थियो । उनीहरूले अहिले महारानीको शोक अवधि सकिएपछि आन्दोलन सुरु गरेका हुन् ।
रेल सेवाका कर्मचारीहरूको चार ओटा सङ्गठनले महारानीको शोकका कारण केही समय आन्दोलन स्थगित गरेका थिए ।
कर्मचारीहरूले बजार मूल्य अनुसार आफूहरूको तलव सहितका सेवा सुविधा बृद्धि नगरिएको भन्दै आन्दोलन सुरु गरेका हुन् ।
उनीहरूले यसअघि पनि आफूहरूको पारिश्रमिक वृद्धि गर्न पटक पटक माग गर्दै आएको, तर व्यवस्थापनले वेवास्ता गरेकाले अप्रिय र कठोर आन्दोलनमा उत्रिनु परेको बताएका छन् ।
अहिलेको आन्दोलन एक दशक यताकै सबैभन्दा ठूलो रहेको र यसले धेरै क्षेत्रलाई प्रभावित पारेको बताइएको छ ।
आन्दोलनका कारण विभिन्न क्षेत्रमा असर परेकोप्रति आन्दोलनकारीहरूले भने दुःख व्यक्त गर्दै आफूहरूको बाध्यतालाई बुझिदिन आग्रह गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ १७:२६
प्रतिक्रिया दिनुहोस्