Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् दसैँमा दर्शन गर्न सकिने नेपालका चर्चित शक्तिपीठ र देवी मन्दिरहरु

शुक्रबार, मंसिर ९, २०७९
काठमाडाैँ – दसैँमा त्यसै पनि सबैकाे अफिसहरू बिदा हुन्छ । हामी देवीकाे आरधना गरेर दसैँ मनाउँछाैँ । यहाँ दसैँमा घुम्न जाने केही देवी मन्दिरका बारेमा जानकारी दिइएकाे छ। – पाथीभरा देवी पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । यो मन्दिरमा वर्षभरि नै श्रद्धालुको भिड लाग्छ । तथापी दशैंमा यहाँ श्रद्धालुको विशेष भिड हुन्छ । – माईपोखरी माईपोखरी इलाम जिल्लाको उत्तरी क्षेत्रमा पर्छ । यस पोखरीको नवरात्रसँग नजिकको सम्बन्ध छ । नवरात्रमा नौकुने पोखरीका नौवटै कुनामा दुर्गाको नौस्वरूपका रूपमा पूजा गरिन्छ । जसअन्तर्गत यहाँ दुर्गा भवानीको पूजा गरिन्छ । हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म माईपोखरीमा मण्डप बनाई ब्राह्मणहरूद्वारा सप्तशती पाठ गरिन्छ । – कन्काई माई कन्काई माई झापा जिल्लाको प्रसिद्ध मन्दिर हो । यो मन्दिर सदरमुकाम चन्द्रगढीदेखि २८ किलोमिटरमा पर्दछ। पूर्वाञ्चलका भक्तजनहरूले यो मन्दिरमा माघे संक्रान्ति तथा बडादशैंका दिन माई नदीमा नुहाएर दर्शन गर्छन् । – छिन्नमस्ता (सखडा) सप्तरी जिल्लाको राजविराजबाट १२ किलोमिटर दक्षिणमा रहेको छिन्नमस्ता (सखडा) भगवती मनोकामना पुरा गर्ने शक्तिपीठका रुपमा चर्चित छ । नेपाल, भारत र बंगलादेशका हिन्दुको समेत आस्थाको केन्द्र सखडामा, दशैंंका बेला हजारौ संख्यामा पशु बलि दिइन्छ । – कंकालिनी सप्तरी जिल्लाकै पूर्वी सिमाना कोशी नदीको किनारमा अवस्थित कंकालिनी, सबैभन्दा बढि मात्रामा पशुबली दिइने शक्तिपिठका रुपमा मानिन्छ । देवीको करङ पतन भई शक्तिपिठ उत्पन्न भएको मानिने कंकालिनीमा दशंैको नौरथाबाट ठूलो भीड लाग्ने गर्दछ । – दन्तकाली सुन्दर धरानमा अवस्थित दन्तकाली सतीदेवीको दन्त पतन भई शक्तिपीठका रुपमा उत्पन्न भएको मान्यता छ । यस मन्दिरमा बाह्रै महिना पशुवली दिइने गरीन्छ । तथापी दशैंंका बेला भने बली यस मन्दिरमा बिशेष भिड रहने गर्दछ । – गुह्येश्वरी काठमाडौंमा अवस्थित गुह्येश्वरी श्रीस्वस्थानी अनुसार महादेव पत्नी सतीदेवीको गुह्य पतन भएर उत्पती भएको मानिन्छ । गुह्येश्वरीमा दशैंंका बेला घटस्थापनादेखि नै पुजाआजा हुने गर्दछ भने पौष शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वास्थानी व्रतको बेला घुइचो लाग्दछ । – दक्षिणकाली काठमाडौंबाट केहि किलोमिटरको दुरीमा रहेको दक्षिणकाली मन्दिरमा विशेष देवी कालीको पुजाआजा हुने गर्दछ । दक्ष्ँिणकालीमा दशैंंको नवरात्रीका बेला पशुबली दिएर मनोबाञ्छित फल माग्ने गरीन्छ । – भद्रकाली दशैंंमा आर्शिवाद दिदा“ उच्चारीत गरीने “जयन्ती मंगला काली भद्रकाली कपालिनी, दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः” स्लोकमा देवी दुर्गाको अनेक नामले पुकार गरीन्छ । जसमा उच्चारीत देवी दुर्गाको एक रुप हो, भद्रकाली । काठमाडौंको माइतीघर र सुन्धाराको मध्यमा रहेको भद्रकाली मन्दिरमा नवरात्रमा विशेष पूजा हुने गर्दछ । – जालपादेवी नुवाकोटको विदुरबाट ९ किलोमिटर टाढा रहेको जालपादेवी, सतिदेवीको ओठ पतन भई शक्तिपिठका रुपमा उत्पन्न भएको मानिन्छ । श्रीस्वास्थानीमा वर्णित कथा अनुसार कामधेनु गाईले जालपादेवीलाई विधिवत् पूजाआराधना गरेको उल्लेख छ । यस मन्दिरमा घटस्थापना देखि नै बिषेश पुजा हुने गर्दछ । – छत्रेश्वरी महादेवले बोकर घुमेको बेला सतीदेवीको शेष सम्पुर्ण अंग पतन भएको स्थानका रुपमा सल्यानको छायाछत्रमा अवस्थित छत्रेश्वरीलाई मानिन्छ । अष्टभैरवले पूजाआराधना गरेको स्थानका रुपमा चर्चित छत्रेश्वरीको महिमा स्वस्थानीमा भेट्न सकिन्छ । दशैंंका बेलामा भिड भएपनि यस मन्दिरमा कुनै पनि पशुबली चढाइदैन । – मनकामना गोरखामा अवस्थित मनोकामनामा पुजाआजा वा दर्शन गरेमा सम्पुर्ण मनोकामना पुर्ण हुने विश्वास रह“दै आएको छ । केबुलकारबाट केहि मिनेटमा नै पुग्न सकिने मनोकामना पैदल जान चाहे आबुखैरेनीबाट ५ घण्टा उकालो हि“डेर पुग्न सकिन्छ । प्रत्येक अष्टमीमा बलि चढाइने मनोकामनामा दशैंंंका बेला ठूलो भीड लाग्ने गर्दछ । – बागेश्वरी बा“केको नेपालगञ्जमा अवस्थित चर्चित बागेश्वरी मन्दिर स्थानमा सतीदेवीको जिब्रो पतन भएको मान्यता छ । किन्नरगणबाट पूजाअर्चना भएको यस स्थान शक्तिपिठका रुपमा चर्चित छ । दशैंंका बेला बिषेश घुइचो लाग्ने यस मन्दिरको दर्शन गरे मनोबाञ्छित फल पाइने जनविश्वास छ । – छाब्दी बाराही तनह“ुको दमौलीबाट ६ किलोमिटरमा अवस्थित छाब्दी बाराही मनोकामना पुर्ण गर्ने शक्तिपिठका रुपमा चर्चित छ । यस मन्दिरमा मन्दिरमा हाँस, परेवा, रा“गा लगायतको बली दिएमा भाकल पुरा हुने जनविश्वास रहको छ । – मालिकादेवी साढे १४ हजार फिटको उचाइमा, बाजुरा जिल्लामा अवस्थित मालिकादेवी पर्यटकिय र धार्मिक हिसाबमा निकै महत्वपुर्ण मानिन्छ । यहा निकै पहिलेदेखि नै शक्तिकेन्द्रका रूपमा पूजा गरिँदै आएको छ । – कालिकादेवी लमजुङको बेसीसहरबाट २ घटटा उकालो चढेपछि पुगिने कालिकोदेवीको मन्दिरमा महानवमीका दिन विशेष पूजाआजा हुन्छ । यसलाई लमजुङ कालिका पनि भनिन्छ । – बडी मालिकास्थान कालिकोट जिल्लास्थित बडीमालिका मन्दिर मार्तडीबाट तीन दिनको पैदलयात्रापछि पुगिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा दसंै र चैतेदशैंंंमा ठूलो मेला लाग्छ । यहाँ अष्टमीमा बलि दिएर टीका भेट्न घर पुग्ने चलन छ । – त्रिपुरा सुन्दरी डोल्पा जिल्लाको जुफाल जुफाल बिमानस्थलबाट करिब दुई घन्टा पैदल हिँडेपछि भेरी नदी आउँछ । त्यही भेरी नदीको किनारमा प्रसिद्ध त्रिपुरासुन्दरीको मन्दिर छ । यहाँ बडादशैंं र चैतेदशैंमा ठूलो मेला लाग्ने गर्दछ । यो मन्दिरमा पञ्चबलि दिने चलन छ । – शिरस्थानदेवी दैलेख बजारदेखि ५ किलोमिटर पश्चिममा पर्ने नाभी र छामखोलाको दोभानमा ज्वालादेवीको मन्दिर छ । स्थानीय बासिन्दाहरूले यसलाई शिरस्थानदेवी भन्छन् । नाभी र छामखोलाको दोभानमा सतीदेवीको शिर पतन भएको विश्वास गरिन्छ । यो मन्दिर २ सय वर्षअघि निर्माण भएको विश्वास गरिन्छ । सतीदेवीको अंग पतन भएकाले यहाँ दशैंंंमा मेला लाग्छ । – खैरावाङदेवी सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो । ३ घण्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ । यहाँ घटस्थापनादेखि पूणिर्मासम्म ठूलो मेला लाग्छ । – देवीस्थान भगवति बाग्लुङ बजारबाट २ किलोमिटर दक्षिणस्थित देवीस्थान मन्दिर राजा प्रतापनारायण मल्लकी रानीले पाल्पाबाट मूर्ति ल्याएर स्थापना गरेकी हुन् । यो मन्दिरमा दशैंंं तथा चैते अष्टमीका दिन यहाँ बढी भक्तजन आउँछन् । – अर्घाकोट भगवती अर्घाखाँचीको नरपानीबाट १६ किलोमिटर उत्तरमा अर्घाकोट भगवतीको मन्दिर छ । यो मन्दिर त्यस क्षेत्रको प्रसिद्ध मन्दिर हो । यो मन्दिरमा दशैंमा पशु बलि दिने चलन छ । – त्रिवेणी उदयपुरको कटारी बजारबाट ६ किलोमिटर पश्चिममा ककरु, तावा तथा कमला नदीको संगममा तीन नदी मिसिएको स्थान हो, त्रिवेणी । यहाँ दशैंंको अष्टमीमा नुहाउने चलन छ । – तौथलीमाई सिन्धुपाल्चोकको तौथलीमाईमा दशैंंंको टीकाका दिन भव्य मेला लाग्दछ । यो मन्दिर चौताराबाट २२ किलोमिटर पूर्वमा पर्छ । – छिन्ताङ भगवति छिन्ताङ, धनकुटा जिल्लाकै प्रसिद्ध देवस्थल हो । यो मन्दिर धनकुटा बजारबाट १६ किलोमिटर पश्चिममा छ । यो मन्दिरलाई जालपादेवीको मन्दिर पनि भनिन्छ । यहाँ पनि दशंैमा भव्य मेला लाग्दछ । – कमलाक्षी सल्यान जिल्लाको लक्ष्मीपुरमा श्रीकमलाक्षीको मन्दिर रहेको छ । यस स्थानमा सतीदेवीको बायाँ करङ पतन भएको विश्वास गरिन्छ । यस स्थानमा सर्वप्रथम योगमार्गीहरूले पूजाआराधना गरेको मानिन्छ । यहाँ एउटा पहाडको रूपमा रहेको यो मन्दिरमा करङका आकृतिहरू देखिन्छ । यहाँ पनि दशंैमा विशेष पुजाआजा हुन्छ । – गलेश्वरी म्याग्दी जिल्लाको राहुघाटमा कालीगण्डकीको किनारमा रहेको यस स्थानमा सतीदेवीको गला पतन भएको विश्वास गरिन्छ । यहाँ सर्वप्रथम पृथ्वीले पूजाआराधना गरेको मानिन्छ । – ज्वालापादेवी यो मन्दिर दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकादेखि पाँच किलोमिटर पश्चिम र छामगाम खोलाको किनारमा अवस्थित छ । यस स्थानमा सतीदेवीको निधार पतन भएको विश्वास गरिन्छ । यहाँ दशैंमा विशेष पुजाआजा हुन्छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:०४
प्रतिक्रिया दिनुहोस्