नेभिगेशन
मनोरञ्जन

गायक कमल र मेलिना वैवाहिक बन्धनमा बाँधिए

काठमाडौं–गायक कमल खत्री र गायिका मेलिना मैनाली विवाह बन्धनमा बाँधिएका छन् । आइतबार दुवैका घर परिवारका सदस्यहरूको उपस्थितिमा सामान्य तरिकाले उनीहरूले विवाह गरेका हुन् । उनीहरूले जीवनको हरेक उतारचढावमा एकअर्काको साथमा रहने वाचा गर्दै रीतिरिवाजअनुसार विवाह गरेका हुन् । ‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत लोकप्रिय छन् । मेलिना मैनाली उदीयमान गायिका हुन् । उनीहरूबीच केही समय अगाडि इङ्गेजमेन्ट भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन