नेभिगेशन
जीवनयापन

दसैँमा मासु किन्दै गर्दा ध्यान दिनुपर्ने कुराहरू

काठमाडौँ – दसैँ रमझम, भेटघाट र पूजाआजाको मात्रै होइन, स्वादिष्ट खानाको पनि पर्व हो । सन्तुलित खानपानले मान्छेको शरीरलाई सही पोषण दिन्छ । तर खानपानमा ध्यान नदिए बालबालिका, बुढापाका र स्वास्थ्य कमजोर भएकाहरूका लागि बढी जोखिमपूर्ण हुन्छ । मासु एक पौष्टिक आहार हो, यसमा १४ देखि २० प्रतिशतसम्म प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियमजस्ता तत्त्व पनि पाइन्छन् । यी तत्त्व हाम्रो शरीरका लागि एकदमै अति आवश्यक तत्त्व हुन् । सन्तुलित भोजनमा मासुको प्रयोग अनिवार्य नै मानिन्छ । तर, मासुबाट प्राप्त हुने तत्त्व त्यति सजिलैसँग भने प्राप्त गर्न सकिँदैन । यदि तपाईँ–हामीले राम्रोसँग सुरक्षित ढङ्गले राख्न नजानेमा त्यही मासुबाट विभिन्न भयानक किसिमका रोग उत्पन्न हुने, सर्ने खतरा रहन्छ । दसैँका लागि खसी बोका किन्दा नै हामीले केही आधारभूत कुरामा ध्यान दियौँ भने मासुबाट सर्ने रोगबाट बच्न सकिन्छ । हेर्दै नाम्ले परेजस्तो, अति दुब्लो, आँखा आवश्यकताभन्दा बढी रसिलो भएको, झोक्राएर बस्ने, फनफनी घुम्ने खसी बोका किन्नु हुँदैन । स्वास्थ्य मासु कसरी छान्ने  ? मासु हलुका गुलाबी रङको हुन नहुने मासु हरियो तथा प्याजी रङको भएमा त्यो खान अयोग्य भइसकेको हुने मासुबाट कुनै पनि किसिमको अमिलो, बिग्रिएको, मन नपर्ने गन्ध नआएको हुन नहुने मासु फ्रिजमा अलग–अलग गरी छोपेर सफा र चालू फ्रिजमा राखेको हुनुपर्ने मासु काट्दा र समाउँदा तन्केको जस्तो हुनु नहुने मासु किन्ने पसल, काट्ने मानिस, काटेको स्थान, अचानो, चलाएको हतियार, लगाएको पोसाक, काटेको तरीका, तराजु सफा भए नभएको हेर्नु पर्ने विज्ञहरूका अनुसार दसैँ–तिहार जस्ता चाडपर्वमा स्वस्थ रहन खानपानमा निकै ध्यान दिन जरुरी छ । उच्च रक्तचाप, मधुमेह, मुटु रोगी, ह्दयघात जस्ता रोग, एन्जियोप्लाष्टी गरिसकेका रोगी, हार्ट फेल्योर अर्थात मुटु कमजोर भएकाहरू, उच्च कोलेस्ट्रोल, जन्मजात मुटु रोग, पेटको दीर्घकालीन रोगीहरू, ग्याष्टिक, पेटको अल्सर, दीर्घकालीन मिर्गौला रोग भएकाहरू लगायतले त खाना खाँदा झनै बढी ध्यान दिनुपर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै