नेभिगेशन
जीवनयापन

दसैँको किचन: मटन चपली कबाब

दसैँ भन्ने बित्तिकै मिठो मसिनो खाने चाडका रूपमा मानिन्छ । दसैँमा अहिले घरघरमा घोर्ले खसी ढाल्ने, त्यसको अनेक परिकार बनाउने गरिन्छ । पक्कु, सेकुवा, साँधेर, उसिनेर, भुटुवा बनाएर वा आन्द्रा–भुँडी लगायतका छुट्टाछुट्टै परिकार बनाएर खाने गरीन्छ । यसै मध्ये एक परिकार हो, मटन चपली कबाब । नेपाली भान्सामा धेरै नपाक्ने यो परिकार यो दसैँका लागि नयाँ स्वादको रूपमा प्रयोग गर्न सक्नुहुुन्छ । यो बनाउन धेरै समय पनि लाग्दैन । आवश्यक सामग्री – हड्डी नभएको मासुको किमा – १ केजी – अदुवा – काटेको (५० ग्राम) – लसुन – काटेको (५० ग्राम) – खुर्सानी – काटेको (४÷५ वटा) – हरियो धनियाँ – १ मुठा – नुन (स्वाद अनुसार) – जिरा धुलो (१ ठुलो चिया चम्चा) – धनियाँ धुलो (१ सानो चिया चम्चा) – करी पाउडर (१ सानो चिया चम्चा – मिट मसला – (१ ठुलो चिया चम्चा) – प्याज – काटेको (३/४ वटा) – कसुरी मेथी (थोरै – कागती – रस निकालेर राख्ने (२ वटा) – बटर (फ्राई गर्न) (१ ग्राम) बनाउने तरिका – किमामा अदुवा, लसुन, प्याज लगायत सबै मरमसला हालेर राम्ररी मुछ्ने । – त्यसलाई स–साना रोटी जस्तै आकार बनाउने । – प्यानमा बटर हालेर तताउने र उक्त बटरमा मटन चपलाई डिप फ्राई गर्ने । अब मटन चपली कबाब तयार भयो । यसलाई स्न्याक्सको रूपमा सेवन गर्न सकिन्छ । यसकालागि घरमै पुदिनाको पेस्टको अचार बनाउन सकिन्छ । त्यसकालागि पुदिनाको पेस्ट, दही, कालो नुन, चार्ट मसला, खुर्सानी धुलो आवश्यक हुन्छ । पुदिनाको अचार सङ्ग मटन चपली कबाब खान सकिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै