Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानविरुद्ध इंग्ल्यान्डलाई शृङ्खला

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ – घरेलु टोली पाकिस्तानविरुद्धको ७ खेलको टी-२० शृङ्खला भ्रमणकारी टोली इंग्ल्यान्डले ४(३ ले जितेको छ ।आइतबार राति अन्तिम खेल इंग्ल्यान्डले ६७ रनले जित्यो । २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तान २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो ।
पाकिस्तानका शान मासुदले ५६ रन तथा खुशदिल शाहले ३७ रन बनाए । इंग्ल्यान्डका क्रिस वोक्सले ३ विकेट लिए । यसअघि टस हालेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाए ।
इंग्ल्यान्डका डेविड मालनले अविजित ७८ रन बनाए । ह्यारी ब्रुकले अविजित ४६ रनको योगदान गरे । पाकिस्तानका  मोहमद हस्नेनले १ विकेट लिए ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्